कोभिड–१९ बारे रिपोर्टिङ गर्ने नेपाली पत्रकारलाई सहयोग पुर्याउने उद्देश्यकासाथ मिडिया फाउण्डेसनले ‘मिडिया आउटरिच’ कार्यक्रम सुरु गरेको छ ।
यस कार्यक्रममा नेपाली पत्रकार र समाचार माध्यमहरूका लागि विपद्सम्बन्धी रिपोर्टिङ गर्न आवश्यक पर्ने सूचना र स्रोत सामग्रीलाई सहज बनाइने छ । कोभिड–१९ बारे भइरहेका रिपोर्टिङका विभिन्न पक्षहरूबारे लेख रचनाहरू पनि प्रकाशित गरिने छ ।
मिडियाकर्मीलाई उपयोगी हुने विपद् रिपोर्टिङका व्यवसायिक अभ्याससम्बन्धी जानकारी, सुझाव, औजार आदि संकलन गर्नुका साथै महामारी कभरेजको अनुगमन पनि गरिनेछ । उपर्युक्त सामग्रीहरू मिडियाका लागि विपद् रिपोर्टिङ स्रोतहरू समेटिएको वेभसाइटमा संकलन, प्रकाशन गरिने छ ।
विपद् रिपोर्टिङ स्रोत २०७२ सालमा महाभूकम्पको रिपोर्टिङमा सहयोग पुर्याउन मिडिया फाउण्डेसको समन्वयमा शुरु गरिएको थियो । यो वेभसाइटलाई नयाँ ढाँचा र स्वरुपमा ‘अपग्रेड’ गरी यसमा विपद्सम्बन्धी रिपोर्टिङका बृहत बिषयवस्तु समेटिने छ ।
यो परियोजना ह्युम्यानिटी युनाइटेडको सहयोगमा सञ्चालन गरिएको हो ।
© Media Foudation- 2023 | Site by: SoftNEP