मिडिया फाउन्डेसन (एमएफ ) तालिम, शिक्षा र अनुसन्धानमार्फत् पत्रकारिता र आमसञ्चारको स्तर अभिवृद्धिमा एक दशकदेखि क्रियाशील गैरनाफामूलक संस्था हो । ह्युम्यानिटी युनाइटेडको सहयोगमा एमएफले खोजमूलक एवं मल्टिमिडिया रिपोर्टिङ फेलोसिप, २०१९ मा आवेदन दिन मुलुकभरका पत्रकारलाई आमन्त्रण गर्दछ ।
फेलोसिपप्राप्त गर्ने पत्रकारलाई एक साता श्रावण २५-३१, २०७६ (२०१९ अगष्ट १०-१६) सम्म काठमाडाैंमा आवासीय कार्यशाला हुनेछ । कार्यशाला र यातायातको खर्च एमएफले ब्योहोर्नेछ । विशेष खोजमूलक रिपोर्टिङकालागि प्रत्येकलाई ७० हजार रुपैयाँसम्म लेखनवृत्ति प्रदान गरिनेछ ।
आवश्यक मापदण्ड:
योग्यता: कुनै पनि विषयमा स्नातक र पत्रकारितामा कम्तिमा चार वर्षको अनुभव
कार्यशालामा भागलिन चाहनुका कारण ४०० शब्दमा खुलाउने ।
सन् २०१५देखि यता तपाईका जवाफदेहिता, श्रम प्रवासन (वैदेशिक रोजगार), मानव बेचविखन वा अन्य कुनै विषयमा प्रकाशित अथवा प्रसारित खोजमूलक दुईवटा समाचार ।
३०० शब्दसम्ममा वैयक्तिक विवरण
बायोडाटा
आवद्ध संस्थाबाट स्टोरी प्रकाशनकोलागि सम्पादकबाट अनुमतिपत्र । स्वतन्त्र पत्रकारले पनि स्टोरी प्रकाशन अथवा प्रशासण हुने संस्थाबाट अनुमतिपत्र लिनुपर्नेछ
आवेदनदिने अन्तिम मिति श्रावण १, २०७६ (जुलाइ १७, २०१९) | छनोट भएका फेलोलाई श्रावण ७, २०७६ (जुलाइ २७, २०१९) सम्म इमेल वा फोनमार्फत खबर गरिने छ |
फेलोसिपकोलागि तल दिइएको आवेदन फर्म अनलाइन भर्नु पर्नेछ |
© Media Foudation- 2023 | Site by: SoftNEP